ad ad

खेल


यूरो कप : अन्तिम ८ मा इंग्ल्याण्ड र यूक्रेन भिड्ने

यूरो कप : अन्तिम ८ मा इंग्ल्याण्ड र यूक्रेन भिड्ने

नेपालखबर
असार १६, २०७८ बुधबार ०:६,

यूरोकपको अन्तिम ८ मा इंग्ल्याण्ड र यूक्रेन भिड्ने भएका छन्।

यूक्रेनले अतिरिक्त समयमा मंगलबार राति अन्तिम १६ को खेलमा स्विडेनलाई २-१ गोलअन्तरले पराजित गर्दै इंग्ल्याण्डसँगको भेट पक्का गरेको हो।

त्यसअघिको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० गोलअन्तरले पराजित गरेर क्वार्टफाइनलमा स्थान बनाएको थियो।

खेलको २७औं मिनेटमा ओलिस्डेर जिन्चेन्कोले यूक्रेनलाई अग्रता दिलाएका थिए। पहिलो हाफअघि इमिल फर्सबर्गले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयमै स्विडेनका मार्कुस ड्यानिल्सनले पनि रातो कार्ड पाएका थिए। त्यसपछि अतिरिक्त समयको अन्तिम मिनेटमा ड्याभबेकले यूक्रेनका लागि निर्णायक गोल गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .