ad ad

खेल


कोपा अमेरिका : इक्वेडरसँग बराबरीमा रोकियो ब्राजिल

कोपा अमेरिका : इक्वेडरसँग बराबरीमा रोकियो ब्राजिल

नेपालखबर
असार १३, २०७८ आइतबार २३:५९,

ब्राजिलले कोपा अमेरिका फुटबल अन्तर्गत समूहको अन्तिम खेलमा इक्वेडरसँग १-१ को बराबरी खेलेको छ।

सोमबार बिहान भएको खेलमा ब्राजिलका लागि खेलको ३७ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। तर, खेलको ५३ औं मिनेटमा एन्जल मिनाले बराबरी गोल फर्काए।

यस बराबरीसँगै समूह ‘बी’ को ब्राजिल समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। समूह चरणमा अपराजित ब्राजिलले ४ खेलमा १० अंक जोड्यो।

इक्वेडरले ४ खेलमा ३ अंक जोड्यो। इक्वेडर पनि चौंथो स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ।

यस्तै अर्को खेलमा भेनेजुएलालाई १-० ले पराजित गर्दै पेरु पनि क्वार्टरफाइनलमा पुगेको छ।

पेरुको जितमा आन्द्रे कारिल्लोले ४८औं मिनेटमा निर्णायक गोल गरेका थिए। यस जितसँगै पेरु समूह ‘बी’ को उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो ।

पेरुले ४ खेलमा ७ अंक जोड्यो। भेनेजुएला भने समूह चरणबाटै बाहिरिएको छ। २ अंक जोडेको भेनेजुएला पुछारमा रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .