नेपालगञ्जमा ओलम्पिक डेको अवसरमा खेलकुदको चर्चा गरिएको छ ।
क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीको संयोजनमा नेपालगञ्जमा प्रदेश सांसददेखि खेलकुद पदाधिकारीले ओलम्पिक डेको अवसरमा नेपालगञ्जको खेलकुदको चर्चा गरेका हुन्।
प्रदेश सांसद कृष्णा केसी नमूनाले महिला सशक्तिकरणका लागि नेपालगञ्जमा हुँदै आएको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता र नेपालगञ्ज म्याराथनले नेपालगञ्जको मात्रै नभएर देशकै खेलकुदमा योगदान पु¥याएको बताइन्।
पछिल्लो दुई वर्षदेखि प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको मूल आयोजक समितिको संयोजक रहनु भएकी प्रदेश सांसद नमूनाले अबका दिनमा यस प्रतियोगितामा अन्तर्राष्ट्रिय टीमको सहभागिता बढाउने बताइन्।
क्षेत्रीय खेलकुद विकास समितिका पूर्वअध्यक्ष भीम वलीले नेपालगञ्ज म्याराथन र प्रधानमन्त्री महिला भलिबल प्रतियोगिताले उचाइ लिँदै गएको बताए।
नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष दामोदर भण्डारीले क्रियटिभ ह्याण्डसले रचनात्मक काम गरिरहेकाले आफ्नो तर्फबाट पूर्ण साथ रहने प्रतिबद्धता गरे।
क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले सबैको साथ र सहयोगले गर्दा प्रधानमन्त्री महिला भलिबल र नेपालगञ्ज म्याराथनले नेपालगञ्जलाई चिनाउने काम भइरहेको बताए।
उनले आफूहरुले दिग्गज व्यक्तित्वहरुको बारेमा कितावको काम समेत गरिरहेको उल्लेख गर्दै यो वर्ष केही प्रकाशनको तयारीमा रहेको जानकारी दिए।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नं। ५ का कार्यालय प्रमुख महेश चन्द, एथलेटिक्सका मुख्य प्रशिक्षक एवं धारा नेपालगञ्ज म्याराथनका रेस डाइरेक्टर चन्द्र गुरुङ, एथलेटिक्सका पूर्व मुख्य प्रशिक्षक विक्रम थापा, प्रशिक्षक हृदयचन्द्र मास्केलगायतले उपस्थितिमा ओलम्पिक डेसँगै पत्रकार जनक नेपालको जन्म दिनको अवसरमा केक काटिएको थियो ।
सो अवसरमा क्रियटिक बुक्सले प्रकाशन गरेको खेलकुदका दुई वटा किताव ओलम्पियन र कप्तान १९९८ मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नं. ५ का कार्यालय प्रमुख महेश चन्दलाई उपहार दिइएको थियो। क्रियटिक बुक्सले सातवटा किताव प्रकाशन गरिसकेको छ।

प्रतिक्रिया