खेल


भारतलाई हराउँदै न्युजिल्यान्डले जित्यो विश्व टेस्ट च्याम्पियनसिपको उपाधि

भारतलाई हराउँदै न्युजिल्यान्डले जित्यो विश्व टेस्ट च्याम्पियनसिपको उपाधि

नेपालखबर
असार ९, २०७८ बुधबार १८:४०,

भारतलाई हराउँदै न्युजिल्याण्डले आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि उचालेको छ।

बुधबार भएको फाइनलमा भारतलाई ८ विकेटले हराउँदै न्युजिल्यान्डले पहिलो संस्करणको टेष्ट च्याम्पियनसिपको उपाधि जितेको हो।

भारतले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य न्युजिल्याण्डले ४५ दशमलव ५ ओभरमा २ विकेट गुमाएर भेट्टायो।

उपाधिसँगै न्युजिल्यान्डले १६ लाख डलर र उपविजेता भारतले ८ लाख डलर पाउनेछन्।

न्युजिल्यान्डका कप्तान केन विलियम्सन ५२ र रस टेलर ४७ रनमा नटआउट रहे। कप्तान केनले ८९ बलमा ८ चौका हान्दै कप्तानी पारी खेले।

रस टेलरले १ सय बलमा ६ चौका हाने। भारतका अश्विनले २ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा २ सय १७ रन बनाएको थियो। अजिक्या राहनेले सर्वाधिक ४९ रन जोड्दा कप्तान विराट कोहलीले ४४, रोहित शर्माले ३४ रन र शुभमन गिलले २८ रन बनाएका थिए।

न्युजिल्यान्डका काइल जेमिसन एक्लैले ५ विकेट झारे। ट्रेण्ड बोल्ट र नील वागनरले समान २ तथा टिम साउथीले १ विकेट लिए।

न्युजिल्याण्डले पहिलो इनिङ्समा २ सय ४९ रन बनाउँदा भारतले दोस्रो इनिङ्समा १ सय ७० रन मात्रै बनाउनसकेको थियो।

दोस्रो इनिङ्समा भारतका ऋषभ पन्तले सर्वाधिक ४१ तथा ओपनर ब्याट्सम्यान रोहित शर्माले ३० रन थपेका थिए।

भारतको ब्याटिङलाइन ध्वस्त पार्नेक्रममा न्युजिल्यान्डका टिम साउथीले ४ तथा ट्रेन्ट बोल्टले ३ विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad