स्लोभाकियाविरुद्ध शानदार जित निकाल्दै स्पेन समूह उपविजेताको रुपमा यूईएफए युरोकपको अन्तिम १६ मा पुगेको छ।
जितसँगै स्पेनले ३ खेलमा ५ अंक जोड्दै उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो।
आजै भएको अर्को खेलमा स्विडेनले पोल्यान्डलाई ३–२ गोल अन्तरले पराजित गर्यो।
पोल्याण्डलाई हराएको स्विडेन भने ७ अंक जोड्दै समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो।
स्लोभाकिया ३ खेलमा ३ अंक जोड्दै चौथो स्थानमा छ। पोल्यान्ड भने १ अंकमा तालिकाको पुछारमा रहेर समूह चरणबाटै बाहिरियो।
बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा स्पेनले स्लोभाकियालाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै नकआउट चरणमा पुगेको हो।

स्लोभाकियाले २ गोल आत्मघाती गर्दा अघिल्लो चरण पुग्ने सम्भावना सकिएको हो।
पहिलो हाफमा २–० ले अग्रता बनाएको स्पेनले दोस्रो हाफमा ३ गोल गर्यो।
खेलको ३०औँ मिनेटमा गोलरक्षक मार्टिन डुब्राभ्काको आत्मघाती गोलमा स्पेनले सुरुवाती अग्रता बनाएको थियो।
पाब्लो सराबियाको प्रहार क्रसबारमा लागेर फर्किँदा त्यसको रिबाउन्ड बललाई बाहिर पठाउने प्रयासमा डुब्राभ्काले सिधै पोस्टभित्र बल हानेका थिए।
पहिलो हाफको इन्ज्युरी समयमा डिफेन्डर एमेरिक लापोर्टले गोल गर्दै स्पेनलाई २–० को अग्रता दिलाएका थिए।
खेलको ५६औँ मिनेटमा पाब्लो सराबियाले गोल गर्दै अग्रता फराकिलो पारे। त्यसको १० मिनेटमा नै मिडफिल्डर फेरान टोरेसले खेललाई ४–० को स्थितिमा ल्याए।
खेलको ७१औँ मिनेटमा जुराज कुकाले आत्मघाती गोल गर्दा स्पेन ५–० को अग्रता लिन सफल भयो।
समूह चरणको अन्तिम खेलमा पनि स्विडेनसँग पराजित भएपछि पोल्याण्ड युरोकपको समूह चरणबाटै बाहिरिएको छ।

बुधबार राति भएको खेलमा स्विडेनले पोल्याण्डलाई ३–२ गोल अन्तरले हराउँदै समूह विजेताको रुपमा नकआउट चरणका पुगेको हो।
खेलको दोस्रो मिनेटमा नै एमिल फोर्सबर्गले गोल गर्दै स्विडेनलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ६०औँ मिनेटमा फेर्सबर्गले नै अग्रता दोब्बर पारे।
पोल्याण्डका कप्तान रोबर्टो लेवान्डोस्कीले खेलको ६१ र ८४ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
एक समय दुई दुईको बराबरी भएको खेलमा पोल्याण्ड अन्तिम समयमा सम्हालिन नसक्दा हार भोग्न बाध्य भयो।
दोस्रो हाफको अतिरिक्त समयमा भिक्टोर क्यासिआनले गोल गर्दै स्विडेनको जित पक्का गरे।
Shares

प्रतिक्रिया