सिन्धुपाल्चोकस्थित भोटेकासी र सुनकोसी नदीको बाढी सतर्कता तह पारेको छ।
बाढी पूर्वानुमान महाशाखाले अहिले राति साढे ११ बजे सूचना जारी गरी बाढी बढ्दो क्रममा रहेकाले भोलि बिहीबार बिहानसम्मै सतर्कता अपनाउन सम्बन्धित क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।
सूचनामा भनिएको छ, ‘सिन्धुपाल्चोकस्थित भोटेकोसी नदी बाह्रबिसे र सुनकोसी नदी दोलालघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रहरूमा भोलि बिहानसम्मै उच्च सतर्कता अपनाऔँ।’
3
Shares

प्रतिक्रिया