इंग्ल्यान्ड समूह डीको विजेता बन्दै युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।
मंगलबार राति समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो।
इंग्ल्याण्डको जितमा १२औं मिनेटमा रहिम स्ट्रर्लिङले निर्णायक गोल गरेका थिए।
शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोड्यो।चेक रिपब्लिकले ३ खेलमा ४ अंक जोड्यो। चेक रिपब्लिक समूहको तेस्रो स्थानमा रह्यो।
हारपछि पनि चेक रिपब्लिक पनि नकआउट चरणमा प्रवेश गरेको छ। उत्कृष्ट तेस्रो हुँदै चेक रिपब्लिक अन्तिम १६ मा पुगेको हो।

प्रतिक्रिया