खेल


कोपा अमेरिकाः अर्जेन्टिना क्वार्टर फाइनल पुग्दा मेस्सीको कीर्तिमानी, चिलीलाई पनि सफलता

कोपा अमेरिकाः अर्जेन्टिना क्वार्टर फाइनल पुग्दा मेस्सीको कीर्तिमानी, चिलीलाई पनि सफलता

नेपालखबर
असार ८, २०७८ मंगलबार ७:४३,

मंगलबार बिहानको खेलसँगै अर्जेन्टिना र चिली क्वार्टर फाइनलमा पुगेका हुन्।

क्वार्टर फाइनल प्रवेश गर्नको लागि अर्जेन्टिनाले पाराग्वेमाथि १–० को जित निकाल्यो भने चिली र उरुग्वेले समान १–१ गोलको बराबरी खेले।

यस खेलसँगै अर्जेन्टिना ७ अंक सहित समूह एको शीर्ष स्थानमा रहँदै क्वार्टर फाइनल प्रवेश गरेको हो। चिली भने ५ अंकसहित दोस्रो स्थानमा छ।

यसअघि समूह बीबाट ब्राजिलले क्वार्टर फाइनलमा स्थान बनाइसकेको छ।

अर्जेन्टिना र पाराग्वेविरुद्धको खेलमा लियोनल मेस्सीले एउटा कीर्तिमानी पनि बनाउन सफल भएका छन्। उनी देशका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका हुन्।

मेस्सी र जाभियर मास्केरानो हाल अर्जेन्टिनाबाट सबैभन्दा बढी खेल खेल्ने खेलाडी हुन्। उनीहरुले समान १४७–१४७ खेल देशका लागि खेलेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad