खेल


साफ च्याम्पियनसिप र एसियन कप छनोटका लागि प्रारम्भिक टोली घोषणा

साफ च्याम्पियनसिप र एसियन कप छनोटका लागि प्रारम्भिक टोली घोषणा

नेपालखबर
असार ८, २०७८ मंगलबार ६:३२,

साफ च्याम्पियनसिप र एएफसी एसियन कप क्वालिफायरका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रारम्भिक टोलीको घोषणा गरेको छ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टोलीमा ५० जना खेलाडीलाई डाकेका छन्।

फिफा विश्वकप तथा एशियन कप छनोटमा बोलाइएका खेलाडीमा थप गर्दै अलमुताइरीले टोली घोषणा गरेका हुन्। मुख्य प्रशिक्षक अलमुताइरीले नेपाल सुपर लिग (एनएसएल) मा गरेको प्रशिक्षणलाई आधार मान्दै खेलाडी थपेका हुन्।

टोलीमा परेका खेलाडीलाई दुई समुहमा विभाजन गरेर बिहान र साँझ प्रशिक्षण गरिने एन्फाले जनाएको छ। प्रशिक्षण आगामी बिहिबारदेखि बिहान १० बजे र साँझ ४ बजे हुने ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ।

साफ च्याम्पियनसिप आगामी १४ सेप्टेम्बरदेखि २५ सम्म बंगलादेशमा हुने तालिका छ।

प्रारम्भिक टोली
प्रारम्भिक टोलीमा अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दिप कार्की, किरण कुमार लिम्बु, आशिष लामा, अविशेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत छन्।

त्यस्तै, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिव लोप्चन, रन्दीप पौडेल, रवि पासवान, रोहित चन्द, सञ्जोक राई, सन्तोष तामाङ, सेसेहाङ आङदाम्वे, शिशिर लेखी, सुदील राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ पनि रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad