नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रमा पुगेका छन्।
मंगलबार विहान उनी आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने भरतपुर महानगरपालिका वडा नं २६ को सिसई क्षेत्रको अनुगमनमा गएका हुन्।
उनले नारायणी र राप्ती नदीको डुबान र कटानको समस्यालाई स्थायी समाधान गर्न बिस्तृत गूरूयोजनाको काम अघि बढाएको बताए।
सो क्रममा स्थानीयले असार पहिलो हप्ता आएको बाढी र डुबानबाट भएको क्षतिबारे प्रचण्डलाई जानकारी गराएका थिए।
बाढीले भरतपुर महानगरपालिकाको ३ को दोभान चोक, वडा नं १६ को झनझने र वडा नं २६ को सिसईमा गरी २५० घर डुबानमा परेका थिए।
बाढीका कारण करिब १ सय बिगाहा खेतीयोग्य जमिन डुबानमा परेको थियो।

प्रतिक्रिया