खेल


भारतीय क्रिकेट बोर्ड भन्छः आईसीसीका ठूला प्रतियोगिता आयोजना गर्न तयार छौँ

भारतीय क्रिकेट बोर्ड भन्छः आईसीसीका ठूला प्रतियोगिता आयोजना गर्न तयार छौँ

नेपालखबर
असार ७, २०७८ सोमबार १०:३१,

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले गर्ने ठूला प्रतियोगिता आयोजना गर्न तयार रहेको जनाएको छ।

सन् २०२४ देखि आगामी ८ वर्षसम्म आईसीसीले गर्ने प्रतियोगिता गर्नका लागि आफूहरु तयार रहेको बीसीसीआईले जनाएको छ।

बीसीसीआईले अपेक्स काउन्सिलको आपत्कालीन बैठकमा यो निर्णय गरेको हो।

बीसीसीआईले २०२५ मा हुने च्याम्पियन्स ट्रफी, २०२८ मा हुने टी–२० विश्वकप र २०३१ मा हुने एकदिवसीय विश्वकप आयोजना गर्नका लागि बोली लगाउने योजना बनाएको छ।

बीसीसीआईका एक वरिष्ठ अधिकारीले भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै आफूहरु सन् २०२५ को च्याम्पियन ट्रफीको साथसाथै २०२८ को टी २० विश्वकप र २०३१ मा हुने ५० ओभरको विश्वकप आयोजना गर्न बोली लगाउने तयारीमा रहेको बताए।

उनले थपे, ‘शीर्ष परिषद्मा यसबारेमा सैद्धान्तिक सहमति भइसकेको छ। बीसीसीआई यस्ता ठूला प्रतियोगिता गर्न सक्षम हुनुपर्छ। त्यसैले दुई÷तीन वर्षमा यस्ता प्रतियोगिता भारतमा आयोजना गर्नुपर्ने हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad