यसबीचमा कतार सरकारले सन् २०२२ को विश्वकप फुटबलमा कोरोनाविरुद्धको खोप लगाउनेलाई मात्र स्टेडियम छिर्न दिने जानकारी दिएको छ।
कतारका खेलकुदमन्त्री सेख खालिद बिन अब्दुलअजिज अल थानीले भनेका छन्,‘कतारमा हुने सन् २०२२ को फिफा विश्वकप जब सुरुवात हुनेछन् तब अधिकतम देशले उनीहरुका नागरिकलाई कोरोनाविरुद्धको खोप दिएको हुनुपर्नेछ।’
उनी भन्छन्,‘खोप नलगाएका खेल समर्थकलाई हामी स्टेडियममा छिर्न दिदँैनौं।
कतारमा हालसम्म कोरोनाका कारण २ लाख २० हजार ८ सय कोरोना संक्रमित बनेका छन्। संक्रमितमध्ये ५८५ को भने मृत्यु भइसकेको छ।
आगामी वर्षको नोभेम्बर २१ देखि विश्वकप फुटबलका खेलहरु कतारमा सुरुवात हुनेछन्। एपी
3
Shares

प्रतिक्रिया