समाज


नेपालमा डेल्टा भेरियन्टको नयाँ स्वरुप फेला

नेपालमा डेल्टा भेरियन्टको नयाँ स्वरुप फेला

नेपालखबर
असार ७, २०७८ सोमबार ८:१९,

नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टको नयाँ स्वरुप (म्यूटेसन) फेला परेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानबाट फरक–फरक उमेर समूहका ४८ वटा नमुना संकलन गरि परीक्षणका लागि डब्ल्यूएचओद्वारा मान्यता प्राप्त इन्स्टिच्यूट अफ जिनोमिक्स एण्ड इन्टग्रेटिभ बायोलोजी प्रयोगशाला दिल्ली पठाइएको पठाएको थियो।

सो क्रममा ४७ नमुनामा डेल्टा भेरियन्ट देखिएको थियो। जसमध्ये ९ वटामा डेल्टाको परिवर्तित रुप ‘क ४१७ एन’ पनि देखिएको छ।

यसलाई एवाई.वान नाम दिइएको छ। यो भाइरस अमेरिका, जापान, क्यानडा, रसिया, पोर्चुगल, भारत, स्विजरल्याण्ड लगायत १० भन्दा बढी देशमा देखिसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए।

त्यसबाहेक एक नमूनामा अल्फा भेरीयन्ट पुष्टि भएको छ। यो सँगै नेपालमा हालसम्म अल्फा, डेल्टा र कप्पा भेरियन्ट देखिएको पौडेलले जनाएका छन।

सुरुमा एल्फा बेलायत तथा डेल्टा र कप्पा भारतमा भेटिएका भेरियन्ट हुन्।

new mutent

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad