खेल


युरोकपमा आज ४ खेल : यस्तो छ ४ टोलीको अघिल्लो चरण पुग्ने सम्भावना

युरोकपमा आज ४ खेल : यस्तो छ ४ टोलीको अघिल्लो चरण पुग्ने सम्भावना

नेपालखबर
असार ७, २०७८ सोमबार ७:४८,

यूईएफए युरोकप फुटबलमा सोमबार चार खेल हुँदै छन्।

आज एकै दिन समूह ‘बी’ र ‘सी’का खेल हुनेछन्।

आज समूह ‘सी’का दुई खेल राति पौने १० बजे हुनेछ भने मध्यराति पौने १ बजे समूह ‘बी’का दुई खेल हुनेछन्।

समूह ‘सी’को अन्तिम चरणको खेलमा समान ३ अंक भएका युक्रेन र अष्ट्रिया भिड्नेछन्।

अघिल्लो चरणमा स्थान बनाउनका लागि दुवै टोलीलाई जित उत्तिकै आवश्यक छ। युक्रेनले भने अष्ट्रियाविरुद्ध जित निकाले वा बराबरीले पनि दोस्रो चरणमा पुग्नेछ।

अष्ट्रियाले भने युक्रेनलाई हराउन सके अर्को चरण पुग्नेछ।

621game euro2

बराबरी वा हार भोगेमा भने अर्को चरण पुग्न अन्य टोलीको नतिजा कुर्नुपर्ने हुन्छ।

समूह चरणकै अर्को खेलमा सोही समयमा समूह चरणबाट बाहिरिइसकेको नर्थ मेसेडोनियाले अन्तिम १६ मा पुगिसकेको नेदरल्याण्डको सामना गर्नेछ।

नेदरल्यान्ड एक खेलअगावै यसअघि नै अन्तिम १६ मा पुगेको हो। आजको खेलमा नेदरल्यान्डलाई बराबरी नै पर्याप्त हुनेछ।

आजै हुने समूह ‘बी’को अन्तिम चरणको खेलमा शीर्षस्थानको बेल्जियमले तेस्रो स्थानको फिनल्यान्डसँग खेल्नेछ।

नकआउट चरणमा पुगिसकेको बेल्जियमले आजको खेलमा बराबरी मात्रै गरे पनि समूह विजेता बन्नेछ। बेल्जियमलाई पराजित गरे फिनल्याण्ड अघिल्लो चरणमा पुग्नेछ।

621game euro3

यदि बेल्जियमसँग फिनल्याण्ड पराजित भएमा वा बराबरीको अवस्थामा समूह चरणकै अर्को खेलमा रसिया हार्नुपर्ने हुन्छ।

अर्को खेलमा रसियाले डेनमार्कलाई हराएमा अन्तिम १६ मा पुग्नेछ। रसियाले बराबरी गर्दा फिनल्याण्ड र बेल्जियमले बराबरी गर्नुपर्ने हुन्छ।

यता डेनमार्कले जित निकालेको खण्डमा भने फिनल्याण्ड पराजित हुनुपर्नेछ। साथै गोल अन्तर पनि महत्वपूर्ण हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad