समाज


चीनसँगको सीमा नजिक १८ हजार फुटको उचाईमा भारतीय सेनाले गरे योगा

चीनसँगको सीमा नजिक १८ हजार फुटको उचाईमा भारतीय सेनाले गरे योगा

नेपालखबर
असार ७, २०७८ सोमबार ७:३९,

सन् २०१५ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरुवात गरिएको हो। संयुक्त राष्ट्रसंघले योग अभ्यासले मानिसलाई स्वास्थ्य राख्ने भएकाले योगा गर्न र जुन २१ मा योग दिवस मनाउन आह्वान गरेको थियो।

यसबीचमा चीनसँगको सीमा नजिक १८ हजार फुटको उचाईमा भारतीय सेनाले योग दिवसको दिन योग अभ्यास गरेका छन्।

सार्वजनिक भएको फुटेजअनुसार लद्दाखको हिमाली क्षेत्रमा भारतीय सेनाले योगा गरिरहेको देख्न सकिन्छ।

लद्दाखको सीमा नजिक भारतीय र चिनियाँ सेनाबीच गतवर्ष देखि गतिरोध जारी छ।

सो क्षेत्रमा दुवैले दाबी गर्ने क्षेत्रहरु छन् जसका कारण उनीहरु गतवर्षको जुन १५ मा झडपमा उत्रिएका थिए।

गलवान उपत्यकामा झडप हुँदा भारतका २० र चीनका चार सेनाको ज्यान गएको थियो। विवाद कायमै रहेकाले अझै पनि त्यहाँ भारतीय र चिनियाँ सेनाहरु तैनाथ छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad