खेल


नेमारको लागि मड्रिडको प्रस्तावः १०० मिलियन युरो + बेल + रोड्रिग्वेज + नाभास

नेमारको लागि मड्रिडको प्रस्तावः १०० मिलियन युरो + बेल + रोड्रिग्वेज + नाभास

नेपालखबर
भदौ ५, २०७६ बिहिबार ८:३३,

पीएसजीबाट नेमार जुनियर अनुबन्ध गर्न रियल मड्रिडले १०० मिलियन युरोसहित ग्यारेथ बेल, हामेस रोड्रिग्वेज र केलोर नाभास प्रस्ताव गरेको छ।

यद्यपी पीएसजीले मड्रिडको प्रस्ताव अस्वीकार गरेको फक्स स्पोर्ट्सले जनाएको छ।

फक्स स्पोर्ट्सका अनुसार पीएसजीले नेमारको लागि आएका बार्सा र युभेन्ट्सको अफर पनि अस्वीकार गरेको छ।

पीएसजीेले नेमारको मूल्य २ सय ५० मिलियन युरो तोकेको छ। सन् २०१७ मा पीएसजीले बार्साबाट नेमारलाई २ सय २२ मिलियन युरोमा अनुबन्ध गरेको थियो।

नेमार हालसम्मकै महंगो फुटबलर हुन्। पीएसजीले पुरा बजेट बाहेक अन्य अफरलाई स्वीकार नगर्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

नेमारले हालैका दिनमा पीएसजी छाड्ने अभिव्यक्ति दिएपछि उनको बहिर्गमनबारे प्रश्नहरु, चर्चाहरु चलेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .