प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि बिहीबार सिंगापुर प्रस्थान गरेका छन्।
सिंगापुर प्रस्थान गर्नुअधि प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंहले एक विज्ञप्ति प्रकाशित गर्दै डाक्टरको साल्लाह अनुसार उपचारलाई निरन्तरता दिनका लागि सिंगापुर प्रस्थान गरेको बताएकी छन्।
प्रधानमन्त्री ओली गत साउन १७ देखि २८ गतेसम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा उपचार गराएका थिए। सो क्रममा प्रधानमन्त्रीको मिर्गौलासम्बनधी एन्टीबडीको मात्रा बडी देखिएको हुँदा त्यसको निकारण उपचार विधिलाई निरन्तरता दिन सिंगापुर जान लागेको बताइएको छ।
‘सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा उहाँको स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसक्रममा मिर्गौलासम्बनधी एन्टीबडीको मात्रा केही बढी देखिन गएको थियो’, वित्रप्तिमा भनिएको छ, ‘एन्टीबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उहाँ फेरि त्यसतर्फ जान लाग्नु भएको हो।’
सिंगापुरमा नेपाली डाक्टरको साथमा त्यहाँको विज्ञ टोलीले प्रधानमन्त्री ओलीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार गर्ने बताइएको छ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सिंगापुरबाट पनि थप जानकारी दिने डा. सिंहले विज्ञप्तिमा उल्लेख गरेकी छन्।


प्रतिक्रिया