खेल


परिचयपत्र नबोकी रंगशाला प्रवेश गर्न खोज्दा गेटमै रोकिए रोनाल्डो

परिचयपत्र नबोकी रंगशाला प्रवेश गर्न खोज्दा गेटमै रोकिए रोनाल्डो

नेपालखबर
असार ४, २०७८ शुक्रबार २:२६,

परिचयपत्र नबोकी रंगशाला प्रवेश गर्न खोज्दा पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोलाई सुरक्षागार्डले गेटमै रोकेका छन्।

यो घटना गत मंगलबारको हो। त्यो दिन पोर्चुगल र हंगेरीबीच खेल हुँदै थियो। पुस्कार एरिना रंशगालाको टनेलमा रहेका सुरक्षागार्डले पोर्चुगलका कप्तान रोनाल्डोसँग युरोकप आयोजकले प्रदान गरेको आधिकारिक परिचयपत्र मागे। तर, उनी परिचयपत्र नबोकी रंगशाला पुगेका थिए।

सुरक्षागार्डले रोनाल्डोलाई एक्कासि गेटमै रोक्दा त्यहाँ खैलाबैला नै मच्चिएको थियो। रोनाल्डो पनि अन्य खेलाडीसँगै रंगशालाभित्र प्रवेश गरिरहेका थिए । सुरक्षागार्डले एक–एक गर्दै परिचयपत्र हेरेर खेलाडी र अफिसियललाई भित्र प्रवेश गराइरहेका थिए।

यसैक्रममा सुरक्षागार्डले रोनाल्डोसँग युरोकप आयोजकले प्रदान गरेको आधिकारिक परिचयपत्र मागेका थिए। तर, उनीसँग गेटपास मात्रै थियो। गेटपास बोकेका रोनाल्डोले युरोकपको आधिकारिक आइडी कार्ड भने घाँटीमा झुन्ड्याउनै बिर्सेका रहेछन्।

मास्क लगाएका भए पनि सुरक्षागार्डले रोनाल्डोलाई चिने। नजिकै रहेका अन्य खेलाडी र आयोजकले पनि उनी सुपरस्टार फुटबलर रोनाल्डो भएको भन्दै नरोक्न आग्रह गरे। तर, जति नै स्टार खेलाडी भए पनि नियम–कानुन सबैका लागि एकै हुन्छ भन्दै ती सुरक्षागार्डले उनलाई अघि बढ्न दिएनन्।

उनले आधिकारिक परिचयपत्रविना रोनाल्डोलाई रंगशालामा प्रवेश गराउन नसक्ने निर्णय सुनाए। पछि सहकर्मीहरूले आधिकारिक परिचयपत्र ल्याइदिएपछि मात्रै रोनाल्डोेले रंगशालामा प्रवेश पाए। त्यतिन्जेलसम्म उनी गेटबाहिरै बसिरहे।

यो घटनामा रोनाल्डोले आफ्नो गल्ती स्विकारेका छन्। त्यो दिनको खेलमा रोनाल्डोले हंगेरीविरुद्ध दुई गोल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .