खेल


डेनमार्कलाई पराजित गर्दै बेल्जियमले बनायो अन्तिम १६ मा स्थान

डेनमार्कलाई पराजित गर्दै बेल्जियमले बनायो अन्तिम १६ मा स्थान

नेपालखबर
असार ३, २०७८ बिहिबार १८:१०,

घरेलु टोली डेनमार्कलाई पराजित गर्दै बेल्जियमले युरोपियन च्याम्पियनसिपको अन्तिम १६ मा स्थान बनाएको छ।

डेनमार्कको घरेलु मैदान तेलिया पार्केन कोपेनहेगनमा भएको समुह बी को दोस्रो चरणको खेलमा बेल्जियमले डेनमार्कलाई २–१ गोल अन्तरले हराएको हो। खेलको पहिलो हाफमा १–० पछि परेको बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो।

डेनमार्कले खेलको सुरुवातमा नै अग्रता बनाए पनि त्यसलाई जोगाउन भने सकेन। डेनमार्कका युस्सुफ पउलसेनले खेलको दोस्रो मिनेटमा नै पियरे एमिल होयबर्गको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

खेलको पहिलो हाफमा १–० ले पछि परेको बेल्जियमले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेललाई बराबरीमा ल्यायो।

खेलको ५५ औँ मिनेटमा थोर्गन हार्जाडले गोलगर्दै खेललाई बराबरीमा ल्याए। उनले केभिन डि ब्रुएनको पासमा गोल गरे।

खेलको ७०औँ मिनेटमा केभिन डि ब्रुएनले गोल गर्दै टोलीलाई २–१ को स्थितीमा ल्याए। जितसँगै अंक तालिकामा ६ अंक जोडेको बेल्जियम शीर्ष स्थानमा छ। समान खेलबाट ३ अंक जोडेको रसिया दोस्रो र त्यति नै अंक भएको फिनल्याण्ड तेस्रो स्थानमा छ। अंकविहिन डेनमार्क तालिकाको पुछारमा छ। हारसँगै डेनमार्कको अघिल्लो चरण पुग्ने सम्भावना सकिएको छ।

युरोकपको पहिलो खेलमा बेल्जियमले रसियालाई ३–० गोल अन्तरले हराएको थियो। उता डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो। सो खेलको पहिलो हाफको अन्त्यतिर डेनमार्कका फरवार्ड क्रिस्टियन एरिक्सन अचेत भई अकस्मात मैदानमा ढलेका थिए। सो घटनापछि टोलीले सो खेल १–० ले गुमाएको थियो। एरिक्सन अहिले अस्पतालमा उपचाररत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad