ad ad

खेल


नेपाली फुटबल टोलीले सिधै एसियन कपको तेस्रो चरण खेल्ने

नेपाली फुटबल टोलीले सिधै एसियन कपको तेस्रो चरण खेल्ने

नेपालखबर
असार २, २०७८ बुधबार ८:३०,

नेपाली राष्ट्रिय फुटबल टोलीले सिधै एफसी एसियन कप २०२३ को तेस्रो चरण खेल्ने भएको छ।

चीन र कतारले विश्वकप छनोट तथा एसियन कपमा स्थान बनाएपछि समूहको चौथो स्थानमा रहने टोलीले पनि सिधै तेस्रो चरणमा स्थान बनाएको एसियाली फुटबल महासंघले जनाएको छ।

फिफा विश्वकप छनोटका दोस्रो चरणका खेल सकिएसँगै एफसी एसियन कपमा छनोट हुने र प्ले अफ खेल्ने टोलीको टुङ्गो लागेको हो।

एफसीको परिमार्जित नियम अनुसार दोस्रो स्थान हासिल गर्नेमध्य पुछारका तीन टोली तथा तेस्रो र चौथो स्थान हासिल गर्ने समान ८ टोलीले एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाएमा हुन्।

No description available.

विश्वकप छनोटमा चौथो स्थानमा रहेका २५ देखि ३२ वरियतासम्मका टोलीले तेस्रो चरण खेल्न पाउने छन्। जसले गर्दा नेपालले अब प्ले अफ खेल्न नपर्ने भएको छ। नेपालसहित थाइल्याण्ड, सिंगापुर, मंगोलिया, अफगानिस्तान, हङकङ, मालदिभ्स र श्रीलंकाले तेस्रो चरण खेल्नेछन्।

विश्वकप छनोटमा सहभागी १३ टोलीले एफसी कपको दोस्रो चरण खेल्ने टोलीको टुङगो लागेको छ। विश्वकप छनोटको तेस्रो स्थानमा रहेका १७ देखि २४ वरीयतासम्मका ८ टोलीले तेस्रो चरण खेल्नेछन्।

विश्वकप छनोटको पाँचौ स्थानमा रहेका शीर्ष ४ टोलीले पनि तेस्रो चरणमा स्थान बनाएका छन्। एशियाली वरियतामा ३६ देखि ३९ सम्म रहेका ४ टोलीले एशियन कपको प्लेअफ छनोट खेल्नेछन्।

nepal schedule

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .