संसद भित्रै सत्ता पक्षका सांसद र विपक्षका सांसदबीच भद्दा गाली गलौज भएको र हातपातको अवस्था निम्तिएको बीबीसीले जनाएको छ।
विपक्षी नेता शहबाज सरिफले मंगलबार सभामा जारी बजेट बहसको विषयमा बोल्न खोजेपछि सत्ता पक्षका सांसदहरु आक्रोशित भएका थिए।
सामाजिक संजालमा यतिबेला सांसदहरुबीच भएको झडपको भिडिओ भाइरल भइरहेको छ। त्यहाँ बजेटको किताब च्यातिएको र त्यस्ता पुस्तकले हानाहान गरिएको देखिएको छ।
संसदमा भद्दा गालीसँगै झडपको अवस्था निम्तिएपछि राष्ट्रिय सभाका सचिवले अतिरिक्त सुरक्षा बललाई भित्र बोलाएका थिए। सुरक्षाकर्मीले स्थिती नियन्त्रणमा लिने प्रयास गर्दा समेत त्यहाँ अवस्था असमान्य थियो।
— Marriyum Aurangzeb (@Marriyum_A) June 15, 2021This is the reality of the ‘Naya Pakistan’ Imran Khan has created. This is a reflection of his fascist mindset. He will leave no stone unturned to paralyse parliament and weaken democracy. Throwing budget books at the opposition. This is Imran Khan’s ‘Riyaasat-e-Madina’. https://t.co/FaOtgaIR7Z pic.twitter.com/wQbJ895OA1
यो घटनापछि विपक्षी नेता शहबाज सरिफले भनेका छन्,‘आज टिभीमा पुरा देशले सत्ताधारी पार्टीको गुन्डागर्दी देखेको छ। यति मात्र होइन उनीहरुले भद्दा गाली दिए। यसबाट के पुष्टि हुन्छ भने प्रधानमन्त्री इमरान खान र उनका पार्टी फासीवादी भएका छन् र विपक्षीविरुद्ध गुन्डागर्दी गरिरहेका छन्।’
पाकिस्तान मुस्लिम लिग–नवाज पीएमएलएनका सांसद मरियम औरंगजेबले यो घटनामा प्रधानमन्त्री इमरान खान जिम्मेवार भएको बताएका छन्।
Today the whole nation saw on their TV screens how the ruling party resorted to hooliganism & even naked abuse. Only goes to show how ethically shallow IK and his whole party are and how PTI has turned into a fascist and abusive party. Unfortunate!
— Shehbaz Sharif (القدس في العيون) (@CMShehbaz) June 15, 2021
प्रतिक्रिया