खेल


महिला भलिबल टोलीको प्रशिक्षण सुरु

महिला भलिबल टोलीको प्रशिक्षण सुरु

नेपालखबर
असार १, २०७८ मंगलबार १४:२२,

फिलिपिन्समा आयोजना हुने एसियन भलिब च्याम्पियन सिपका लागि नेपाली महिला टोलीले मंगलबारबाट अभ्यास थालेको छ।

प्रमुख प्रशिक्षक बिना तयारी थालेको टोलीले पहिलो दिन सामान्य अभ्यास गर्दै प्रशिक्षण सुरु गरेको छ।

कोरोना महामारीले समयमा हुन नसकेको महिला भलिबलले मंगलबारबाट अभ्यास सुरु भएको हो। एसियन च्याम्प्यिन सिपमा पहिलो पटक सहभागि हुन लागेको नेपाललाई महामारी निकै बाधक बन्यो।

समयमा नै अभ्यास थाल्न नपाउँदा नेपाली टोली निराश झन्डै भएको थियो। नजिकिँदै गरेको प्रतियोगितालाई तयारी थालेको नेपालले देशका नामका लागि खेल्ने कप्तान अरुणा शाहीले बताइन्।

राम्रो उचाई भएका खेलाडी टोलीमा भएकाले एसियन च्याम्पियनसिपका लागि टोली राम्रो बन्ने कप्तान अरुणाले बताइन्।

यस अघि जेठ २१ गतेबाट तयारी गर्ने भने पनि दोस्रो लहरको कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएसँग खेलकुद गतिविधि ठप्प भएका थिए। सोही मारमा नेपाली महिला भलिबल टोलीको तयारी पनि स्थगित भएको थियो।

एसियन च्याम्पियन सिप प्रतियोगिता नेपाली महिला टोलीका लागि ठूलो अवसर भएको र देशका लागि राम्रो नतिजा दिलाउन प्रयास गर्ने कप्तान अरुणाले थपिन्।

यस्तै चोटलाई जितेर कोर्टमा फर्किएकी स्पाइकर प्रतिभा मालिले नेपालका लागि एसियन च्याम्प्यिन सिप ठूलो अवसर भएको बताइन्। चोट पछि फर्किएकी मालिले पुरानै अवस्थामा नभए पनि यो प्रतियोगिताका तयार भएको प्रतिक्रिया दिइन्।

नेपाल भलिबल संघले प्रशिक्षण हुने स्थल राखेप कभर्डहल सफा र हललाई डिसइन्फेक्सन गर्ने काम, खेलाडी, प्रशिक्षक तथा अफिसियलको पीसीआर परीक्षण गर्ने काम गरेको थियो।

पहिलो दिन अभ्यासमा २५ खेलाडी उपस्थित भए। ३० मध्येका तीन नेपाल पुलिसका खेलाडी आन्तरिक प्रशिक्षणमा रहेको भन्दै उपस्थित थिएनन्। उनीहरुलाई फर्काउनका लागि पत्र पठाइएको बताइएको छ।

यस्तै महेन्द्रनगरकी सरस्वती कट्टेल र पर्वतकी हिरा केसी सामेल हुन बाँकी छ। यस्तै मुख्य प्रशिक्षक जगदीश भट्टले कागजपत्र मिलाएर एक दुई दिनमै काठमाडौं आउने संघले जनाएको छ।

चैत तेस्रो साता आयोजना भएको पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको प्रदर्शनका आधार मुख्य प्रशिक्षक जगदीश भट्ट सदस्य रहेको तीन सदस्यीय छनोट समितिले ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो।

प्रशिक्षक भट्टकै नेतृत्वमा नेपालले एभीसी सेन्ट्रल जोनमा स्वर्ण तथा १३औं सागमा रजत पदक जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad