खेल


युरोकपमा आज जर्मनीले फ्रान्सको सामना गर्दा पोर्चुगलसँग भिड्दै हंगेरी

युरोकपमा आज जर्मनीले फ्रान्सको सामना गर्दा पोर्चुगलसँग भिड्दै हंगेरी

नेपालखबर
असार १, २०७८ मंगलबार ५:४४,

युरोकप फुटबलमा आज मंगलबार दुई खेल हुँदै छन्।

आज हुने समूह ‘एफ’को खेलमा पोर्चुगल र हंगेरी तथा फ्रान्स र जर्मनी आमनेसामने हुनेछन्। खेल राति पौने १० बजे सुरु हुनेछ।

बुढापेष्टमा हुने पहिलो खेलमा हंगेरीले घरेलु मैदानमा पोर्चुगललाई स्वागत गर्नेछ।

समूह चरणको पहिलो खेलमा हंगेरीको मैदानमा उत्रिँदा क्रिस्टियानो रोनाल्डो पोर्चुगलका मुख्य हतियार हुनेछन्।

सन् १९२६ पछिको हालसम्मको भेटमा हंगेंरीले ४ खेलमा मात्र बराबरी गर्नसकेको छ भने ९ खेलमा पराजित भएको छ।

सन् २०१७ मा भएको फिफा विश्वकपमा भोगेको हारको बदला लिँदै हंगेरी सुखद सुरुवात गर्ने योजनामा छ।

युरोकपमा यी दुई टोली चौथो पटक भिड्नलागेका हुन्।

हालसम्मको भेटमा २ खेलमा पोर्चुगलले जित निकालेको छ भने एक खेल बराबरीमा सकिएको छ।

सन् २०१७ पछि पहिलो पटक यी दुई टोली आमनेसामने हुँदै छन्।

विश्वविजेता फ्रान्सविरुद्ध जर्मनी
आजै हुने दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीसँग खेल्दै युरोकपको सुरुवात गर्दै छ।

म्युनिखमा हुने खेल मध्यराति पौने १ बजे हुनेछ। विश्वविजेता फ्रान्स बलियो टोली जर्मनीलाई हराउँदै युरो कपको उपाधिमा आफ्नो दाबेदारी दिन आतुर छ।

तर जर्मनीलाई उसकै घरेलु मैदानमा हराउन भने फ्रान्सलाई त्यति सहज भने पक्कै छैन।

हेड टु हेडमा फ्रान्स जर्मनीभन्दा बलियो देखिएको छ। सन् १९३१ पछिका हालसम्मको भेटमा फ्रान्सले १४ खेल जितेको छ भने १० खेल गुमाएको छ।

७ खेल बराबरीमा सकिएको छ। यी दुई टोलीबीच पछिल्लो पटक सन् २०१८ को यूईएफए नेसन्स लिगमा भेट भएको थियो।

त्यति बेला एक खेल गोलरहित बराबरीमा सकिएको थियो भने अर्को खेलमा फ्रान्सले जर्मनीलाई २–१ गोल अन्तरले हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .