ad ad

खेल


इंल्याण्ड र क्रोएसियाबीचको खेलक्रममा एक समर्थक गम्भीर घाइते, घटनाबारे अनुसन्धान सुरु

इंल्याण्ड र क्रोएसियाबीचको खेलक्रममा एक समर्थक गम्भीर घाइते, घटनाबारे अनुसन्धान सुरु

नेपालखबर
जेठ ३०, २०७८ आइतबार १७:१६,

जारी यूरो कपका क्रममा आइतबार राति सम्पन्न इंग्ल्याण्ड र क्रोयसियाबीचको खेलका क्रममा एकजना समर्थक स्टान्डबाट खसेर गम्भीर घाइते भएका छन्। 

इंग्ल्याण्डले १-० ले जितेको खेलमा उक्त घटना कसरी भयो अनुसन्धान सुरु भएको छ। 

वेम्वली स्टेडियमका प्रवक्ताले खेल सुरु भएलगत्तै एक समर्थक स्टान्डबाट खसेको पुष्टि गरेका छन्।

'ती समर्थकलाई तत्काल प्राथमिक उपचार दिइएको थियो। लगत्तै उनलाई अस्पताल भर्ना गरिएको छ र उनको अवस्था गम्भीर छ,' प्रवक्ताले भनेका छन्, 'हामीले यस विषयमा यूइएफएसँगको सहकार्यमा अनुसन्धान गरिरहेका छौैं।'

आयोजक यूइएफएले भने गोपनियता भन्दै घटनाबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

उक्त खेलमा १८ हजार ४९७ जनालई स्टेडियममा प्रवेश दिइएको थियो। मैदानको क्षमता भने ९० हजार दर्शकको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .