खेल


खेल्दाखेल्दै मैदानमै ढलेका एरिक्सनलाई के भएको थियो? यसो भन्छन् डाक्टर

खेल्दाखेल्दै मैदानमै ढलेका एरिक्सनलाई के भएको थियो? यसो भन्छन् डाक्टर

नेपालखबर
जेठ ३०, २०७८ आइतबार १६:४४,

शनिबार मैदानमा खेल्दाखेल्दै एक्कासि ढलेका डेनमार्कका मिडफिल्डर तथा चर्चित खेलाडी क्रिस्टियन एरिक्सनलाई ‘कार्डियाक अरेस्ट’ भएको खुलेको छ।

कार्डियाक अरेस्ट भनेको मुटुले काम गर्न छोड्नु हो। यसो हुँदा मानिसको धड्कनै रोकिने समस्या हुन्छ। यता हृदयाघात भनेको चाहिँ मुटुबाट सञ्चार हुने रगतको प्रवाह एक्कासि रोकिनु हो।

डेनमार्कको राष्ट्रिय टोलीका टिम डक्टर मोर्टेन बोसनले उक्त जानकारी दिएका हुन्।

शुक्रबारदेखि जारी युरोकपमा शनिबार फिनल्यान्डविरुद्ध खेल्दाखेल्दै क्रिस्टियन मैदानमै ढल्नपुगेका थिए।

अधिकारीहरुले उनको अवस्था स्थिर रहेको र अस्पतालमा उपचाररत रहेको बताएका छन्। १६ मिनेट मैदानमै उपचारपछि अस्पताल लगिएका उनको होस खुलेपछि आफ्नो टोलीलाई खेल अघि बढाउन भनेका थिए।

पहिलो मध्यान्तर हुनैलाग्दा उनी लडेपछि दर्शकहरु भावविह्वल भएको खेलको प्रत्यक्ष प्रसारण गरिरहेका च्यानलले देखाएका थिए।

बोसनले भने, ‘ऊ त गइसकेको थियो। हामीले उनको मुटुलाई पुनरुत्थान गर्न सक्यौँ, यो कार्डियाक अरेस्ट (धड्कनै रोकिने) थियो।’

डाक्टर बोसनका अनुसार उनी लगभग मरिसकेका थिए तर उनलाई पुनर्जीवन दिन सकेको उनको भनाइ छ।

Christian Eriksen has spoken to Denmark teammates and remains stable in  hospital following an update from the Danish FA - Eurosport

सामान्य अवस्थामा ल्याउन एउटा नियन्त्रित इलेक्ट्रिक शकको यथोचित व्यवस्थापनद्वारा मुटुको फिब्रिलिएसनलाई रोक्न सफल हुँदा क्रिस्टियनले जीवनदान पाएको ती डाक्टरको भनाइ छ।

२९ वर्षीय एरिक्सन इटलेली क्लब इन्टर मिलानका खेलाडी हुन्। आकस्मिक उपचारलगत्तै उनलाई अस्पताल लगिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad