ad ad

खेल


खेल्दाखेल्दै मैदानमै ढलेका एरिक्सनलाई के भएको थियो? यसो भन्छन् डाक्टर

खेल्दाखेल्दै मैदानमै ढलेका एरिक्सनलाई के भएको थियो? यसो भन्छन् डाक्टर

नेपालखबर
जेठ ३०, २०७८ आइतबार १६:४४,

डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनलाई कार्डिक अट्याक(मुटुको धडकन रोकिने) भएको चिकित्सकहरुले बताएका छन्।

जारी यूरो कप अन्तर्गत शनिबार राति भएको फिनल्याण्डविरुद्धको खेलमा एरिक्सन मैदानमै ढलेका थिए। 

चेकजाँचपछि उनलाई कार्डिक अट्याक भएको डेनिस चिकित्सक मोर्टन बोइसनले जनाएका छन।

मैदानमै ढलेपछि उनलाई अस्पताल लगिएको थियो। उनी बेहोस भएपछि खेल डेढ घण्टा रोकिएको थियो। 

Denmark's Christian Eriksen collapsed on the field. He is responsive and  awake. - The New York Times

अस्पतालमा लगेपछि भिडियोमार्फत टोलीका सदस्यहरुलाई उनले आफूलाई होसमा फर्किएको खबर पुर्‍याएपछि बल्ल खेल सुरु गरिएको थियो।

'एरिक्सनलाई कार्डिक अट्याक भएको हो। हामी उनलाई गुमाउँन कति नजिक थियौं त्यो म भन्न सक्दिन तर समयमै उपचार गर्न पाएकाले हामीले जोगाउँन सफल भएका छौं,' डाक्टर बोइसनले भनेका छन्।

अहिले अहिलेसम्म गरिएका अन्य परीक्षणहरुको नतिजा पनि ठीकठाक रहेको बताएका छन। तर यो घटना एरिक्सनसँग कसरी भयो अहिलेसम्म पत्ता लगाउन नसकिएको उनले बताए।  

Christian Eriksen has spoken to Denmark teammates and remains stable in  hospital following an update from the Danish FA - Eurosport

२९ वर्षीय इन्टर मिलानका खेलाडी एरिक्स मैदानमै ढलेपछि उनलाई तत्काल मैदानमै मेडिकल ट्रिटमेन्ट गरिएको थियो। लगत्तै उनलाई अस्पताल पुर्याइएको हो।

एरिक्सन मैदानमा एक्कासी ढलेपछि मैदानमा सबैजना भावुक बनेका थिए। खेलाडी, अफिसियल र दर्शकहरुको आँखामा आँशु देखिन्थ्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .