खेल


फिफा विश्वकप छनौट : नेपाल र जोर्डनबीच आज प्रतिस्पर्धा हुँदै

फिफा विश्वकप छनौट : नेपाल र जोर्डनबीच आज प्रतिस्पर्धा हुँदै

नेपालखबर
जेठ २४, २०७८ सोमबार ९:१७,

फिफा विश्वकप तथा एशिया कपको दोस्रो चरणको छनोट खेलमा नेपालले आज (सोमबार) जोर्डनसँग खेल्दैछ।

खेल कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा राति पौने १० बजे हुनेछ। छनोट चरणको पहिलो खेलमा नेपाल जोर्डनसँग ३–० ले पराजित भएको थियो।

दोस्रो खेलमा नेपाल जितको लागि मैदान नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बताएका छन्।

उनले भने, ‘जोर्डन बलियो टोली हो तर हामी जितको लागि नै खेल्नेछौँ। हाम्रो मुख्य लक्ष्य भनेको एसियन कपमा छनोट हुने हो त्यसको लागि जित आवश्यक छ। हामी जितको लागि नै मैदान उत्रनेछौँ।’

जोर्डनका मुख्य प्रशिक्षक भाइटल बर्केलम्यान्सले भने, ‘मैले नेपाली टोलीले चाइनिज ताइपेइ र इराकसँग खेलेको हेरेँ र उनीहरुको स्तर र खेल्ने सिस्टम फेरिएको पाएको छु, नेपालसँगको खेलमा हामी ३ प्वाइन्टको लागि खेल्नैछौँ तर फुटबलमा जे पनि हुनसक्छ।’

समूह चरणमा नेपाल ६ अंकसहित चौथो स्थानमा छ। शीर्ष स्थानको अष्ट्रेलियाको १५ अंक छ भने दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १० अंक छ। जितविहीन चाइनिज ताइपेइ अंकविहीन छ।

छनोट चरणको अन्तिम खेलमा नेपालले जेठ २८ गते अष्ट्रेलियासँग खेल्दै विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट यात्रा सक्नेछ।

समूह चरणको खेलमा नेपालले चाइनिज ताइपेलाई मात्र हराउन सकेको छ। नेपालले चाइनिज ताइपेलाई छनोट खेलको दुवै भेटमा समान २–० ले हराएको थियो। यस्तै पहिलो खेलमा कुवेतसँग ७–० को फराकिलो हार व्यहोरेको नेपालले दोस्रो खेल १–० ले गुमाएको थियो। एशियाको पावर हाउस अष्ट्रेलियासँगको पहिलो लेगमा नेपाल ५–० ले पराजित भएको थियो।

यता समूह चरणमा जोर्डनले भने चाइनिज ताइपेलाई पहिलो खेलमा २–१ ले तथा दोस्रो खेलमा ५–० को फराकिलो अन्तरले पराजित गरेको थियो। कुवेतसँगको पहिलो भेटमा जोर्डनले गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो। अर्को खेलमा जोर्डन अष्ट्रेलियासँग १–० ले पराजित भएको थियो।

फिफा वरियतामा जोर्डन ९५ र नेपाल १ सय ७१औँ स्थानमा छ। नेपालले जोर्डनलाई अहिलेसम्म हराउन सकेको छैन। सन् २०११ मा काठमाडौको दशरथ रगंशालामा भएको विश्वकप छनोटमा जोर्डनसँग एक एक को बराबरी गर्नु नै नेपालको अहिलेसम्मको उच्च प्रर्दशन हो।

हेड टु हेड
नेपाल र जोर्डनबीच अहिलेसम्म ३ पटक भेट भएको छ। अहिलेसम्मको तिनै भेटमा नेपालले जोर्डनलाई हराउन सकेको छैन। यी दुई टोलीको पहिलो भेट विश्वकप छनोट कै दौरान सन् २०११ मा भएको थियो।

२३ जुलाई २०११ मा भएको विश्वकप छनोटको खेलमा नेपाल जोर्डनसँग ९–० को फराकिलो अन्तरले पराजित भएको थियो। २८ जुलाईमा भएको खेलमा नेपालले जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो। काठमाडौको दशरथ रथंशालामा भएको सो खेलमा नेपालका लागि फरवर्ड भरत खवासले गोल गरेका थिए। जोर्डनलाई बराबरीमा रोक्नु नै नेपालको अहिलेसम्मको उच्च प्रर्दशन हो।

यस्तै सन् २०१९ को १५ अक्टोबरमा नेपाल र जोर्डनको तेस्रो भेट भएको थियो। फिफा विश्वकप छनोट अन्तर्गत कै पहिलो खेलमा नेपाल ३–० ले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .