नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअघि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार इराकसँग खेल्दै छ।
खेल, इराकको अल्फाहया रंगशालामा राति सवा १० बजे हुनेछ।
नेपाली टोलीले फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट खेल्नुअघि इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
मैत्रीपूर्ण खेलका लागि नेपाली टोली बुधबार नै इराक पुगिसकेको छ। मैत्रीपुर्ण खेलपश्चात् नेपाली टोली आइतबार स्थतमार्ग हुुँदै कुवेत जानेछ।
नेपाल र इराकको दुई दशकपछि भेट हुन लागेको हो।
हेड टु हेड
नेपाल र इराकबीच यसअघि तीनपटक भेट भइसकेको छ। तीनै खेलमा नेपाल पराजित भएको छ।
पहिलो पटक नेपाल र इराकको भेट सन् १९८२ मा भएको एसियाली खेलकुदमा भएको थियो। सो खेल नेपालले ३–० ले गुमाएको थियो।
सन् २००१ विश्व कप छनोटको पहिलो भेटमा इराकले नेपाललाई ९–१ ले हराएको थियो।
नेपाली टोलीका लागि एक मात्र गोल निराजन रायमाझीले गरेका थिए।
त्यही महिना अर्को छनोट खेलमा हरि खड्का र निराजन रायमाझीले गोल गरेपछि नेपाल ४–२ ले पराजित भएको थियो।

प्रतिक्रिया