खेल


स्वारेजलाई एथ्लेटिकोमा ल्याउने हो त भनेर क्लबले सोध्दा सिम्युनी भएका थिए गदगद

स्वारेजलाई एथ्लेटिकोमा ल्याउने हो त भनेर क्लबले सोध्दा सिम्युनी भएका थिए गदगद

नेपालखबर
जेठ १३, २०७८ बिहिबार १३:२६,

तिनै स्वारेजको उत्कृष्ट प्रदर्शनमा एथ्लेटिकोले बार्सिलोना र रियल मड्रिडजस्ता उत्कृष्ट क्लबलाई पाखा लगाउँदै ला लिगा जित्यो।

स्वारेजले हालै बार्साले गरेको व्यवहार सम्झिएर रुँदै भनेका थिए,‘मलाई दुःखका बेला कसैले साथ नदिँदा एथ्लेटिकोले हात दियो। म यो सहयोगप्रति सँधै ऋणी रहनेछु।’

स्वारेजले यस सिजन ला लिगामा २१ गोल गरे, उनी एथ्लेटिकोका सर्वाधिक र ला लिगाका चौथों सर्वाधिक गोलकर्ता बने।

सिम्युनी खुशीले गदगद

हाल स्वारेजको आगमनले एथ्लेटिको थप बलियो भएको एथ्लेटिकोका प्रशिक्षक डिएगो सिम्युनी बताउँछन्।

स्वारेज एथ्लेटिको आउने थाहा हुँदा आफू अचम्ममा परेको र खुशीले गदगद भएको सिम्युनी बताउँछन्।

बार्साले स्वारेजलाई क्लबबाट निकालेपछि एथ्लेटिकोले स्वारेजलाई अनुबन्ध गर्ने विचार गरेको थियो। क्लब प्रशासनले प्रशिक्षक सिम्युनीलाई ‘स्वारेज कस्तो लाग्छ? उनलाई भित्र्याउने हो त?’ भनेर सोधेका थिए।

क्लबबाट आफूलाई स्टार खेलाडीको आगमनको विषयमा प्रश्न गरेपछि उनी अकमक्क परेको सुनाउँछन्। उनले केही नसोची सिधै स्वारेजलाई ल्याउनुपर्छ भनेका थिए।

स्वारेज ३४ वर्षका भएका छन्। तर उनमा २१ वर्षको जोश भएको सिम्युनी बताउँछन्। स्वारेजमा सँधै जित्ने भोक भएकाले आफूलाई उनी मनपर्ने सिम्युनीको भनाइ छ। मार्का

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad