समाज


मौसम अपडेट : आज राति यी प्रदेशमा निकै ठूलो वर्षा र हावाहुरीको सम्भावना

मौसम अपडेट : आज राति यी प्रदेशमा निकै ठूलो वर्षा र हावाहुरीको सम्भावना

नेपालखबर
जेठ १३, २०७८ बिहिबार १३:२३,

बंगालको खाडीमा बनेको शक्तिशाली यास चक्रवातको प्रभावले नेपालमा पनि केही दिनयता लगातार वर्षा र हिमपात जारी छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि देशभर मौसम बदली छ भने केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षा भइरहेको छ।

यस्तै आज राति देशका धेरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

बिहीबार साँझ ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ– ‘प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा, उच्च वेगको हावाहुरी र १/२ स्थानमा अति भारी वर्षाको सम्भावना छ।’

यस्तै गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात/वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

वर्षा र हिमपातका कारण हुन सक्ने क्षतिबाट बच्न भन्दै महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ–  प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा, उच्च वेगको हावाहुरी १–२ स्थानमा अति भारी वर्षाको सम्भावना छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad