स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लब छाड्ने भएका छन्।
फ्रान्सेली प्रशिक्षक जिदानले आफूले क्लब छाड्ने जानकारी क्लबका निर्देशक र टोलीका केही खेलाडीलाई जानकारी दिइसकेका छन्।
रियलले यो सिजनमा कुनै उपाधि जित्न सकेन।
जिदानले लिगको अन्तिम दिनपछि मात्र आफ्नो भविष्यबारे निर्णय लिने बताउँदै आएका थिए।
लिग उपाधि नजिक पुगेर पनि वञ्चित भएपछि जिदानले केही दिनमा निर्णय सुनाउने बताएका थिए।
क्लबसँगको सम्झौता सकिएको अवस्थामा जिदान क्लब नफर्किने बताएका हुन्।
रियलको प्रशिक्षकमा इटालियन च्याम्पियन्स इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टे आउने चर्चा चलिरहेको छ।
3
Shares

प्रतिक्रिया