अन्तर्राष्ट्रिय उडान खुल्ने निश्चित नभएपछि प्यासेन्जर चार्टर्ड उडान बढ्नथालेको छ।
बिहीबार मात्रै विमान बंगलादेश र टर्किस एयरलायन्सले त्रिभुवन विमानस्थलबाट प्यासेन्जर उडान गर्दै छन्।
बंगलादेशले नेपालमा भएको आफ्ना नागरिकलाई फिर्ता लैजानको लागि ढाका–काठमाडौं–ढाका उडान गर्दै छ।
त्यसैगरी टर्किस एयरलाइन्सले इस्तानबुल–काठमाडौं–इस्तानबुल प्यासेन्जर चार्टर्ड उडान गर्दै छ। टर्किस एयरलाइन्समार्फत अमेरिकन, युरोपियनलगायतका नागरिक लैजाने विमानस्थलले जनाएको छ।
कतार एयरवेजले बुधबार दोहालाई ट्रान्जिट बनाएर आफ्नो मुलुक जाने विदेशीको लागि काठमाडौं–दोहा उद्धार उडान गरेको थियो।
यसअघि पनि कतार एयरवेज र टर्किस एयरलाइन्सले नेपालबाट प्यासेन्जर चार्टर्ड उडान गरिरहेको त्रिभुवन विमानस्थलले जनाएको छ।
त्यसबाहेक आज हिमालय एयरलायन्सले काठमाडौं–कुनमिङ ५ कार्गो उडान गर्दै छ।
२ वटा जहाजले बिहानै कार्गो ल्याएर काठमाडौं आएका छन् भने ३ वटा उडान राति हुने तालिका रहेको त्रिभुवन विमानस्थलले जनाएको छ।

प्रतिक्रिया