खेल


भारतीय महिला क्रिकेट टोलीले १ वर्षदेखि नपाएको पुरस्कार रकम बल्ल पाउने

भारतीय महिला क्रिकेट टोलीले १ वर्षदेखि नपाएको पुरस्कार रकम बल्ल पाउने

नेपालखबर
जेठ १०, २०७८ सोमबार १०:४५,

गत वर्ष भएको टि–ट्वान्टी विश्वकपमा उपविजेता बनेको भारतीय महिला टोलीले पाउन बाँकी पुरस्कार रकम भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले एक हप्ताभित्र उपलब्ध गराउने भएको छ।

गत वर्ष टी२० विश्वकपमा उपविजेता बन्दा महिला टोलीको प्रदर्शनलाई हेरेर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले भारतीय महिला टोलीलाई ५ लाख डलर दिएको थियो।

आईसीसीले सो रकम बीसीसीआईलाई केही दिनमा नै उपलब्ध गरराएको थियो। तर बीसीसीआईले भने सो रकम खेलाडीहरुलाई दिएको थिएन।

एक वर्षभन्दा बढी समय भइसक्दा पनि खेलाडीहरुलाई सो रकम उपलब्ध नगराएको समाचार सार्वजनिक भएसँगै बीसीसीआईले पुरस्कार रकम एक हप्ताभित्र उपलब्ध गराउने जानकारी गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बीसीसीआईका एक अधिकारीका अनुसार एक हप्ताभित्र खेलाडीहरुले पाउनुपर्ने रकम उनीहरुको बैंक खातामा जम्मा गर्नेछ।

यसका लागि आफूहरुले प्रक्रिया समेत सुरु गरिसकेको उनले बताए। ती अधिकारीले भने, ‘सामान्यतया ३÷४ महिना समय लाग्छ तर कोरोना भाइरसको महामारीको कारण भुक्तानी दिन ढिलाइ भएको हो।’

टी२० विश्वकपमा भारत अष्ट्रेलियासँग ८५ रनले पराजित भएको थियो। अष्ट्रेलियाले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको भारत ९९ रनमा नै अलआउट भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad