एथ्लेटिकोले उपाधि उचाल्दा रियल मड्रिड दोस्रो स्थानमा आउन सक्यो।
बार्साले ला लिगा उपाधि त जित्न सकेन तर बार्साका कप्तान ला लिगामा सर्वाधिक गोलकर्ता भने हुन सके।
यस सिजन ३० गोलगर्दै मेस्सी कीर्तिमानी आठौं पीचीची अवार्ड जित्न सफल बनेका हुन्।
पीचीची अवार्ड स्पेनिस ए डिभिजन लिगमा सर्वाधिक गोलगर्ने खेलाडीले पाउँछ। मेस्सीले ८ पटक यस अवार्ड पाउने पहिलो व्यक्ति हुन्।
यसअघि मेस्सीले सन् २००९, २०११, २०१२, २०१६, २०१७, २०१८, २०१९ मा पनि पीचीची अवार्ड प्राप्त गरेका थिए। मार्का

प्रतिक्रिया