खेल


बर्नलीमाथि जित निकाल्दै लिभरपुल ईपीएलको चौथो स्थानमा, च्याम्पियन्स लिग सपना जीवितै

बर्नलीमाथि जित निकाल्दै लिभरपुल ईपीएलको चौथो स्थानमा, च्याम्पियन्स लिग सपना जीवितै

नेपालखबर
जेठ ६, २०७८ बिहिबार ५:४९,

लिभरपुलले बर्नलीमाथि ३–० गोल अन्तरको जित निकालेको हो। प्रिमियर लिगमा शीर्ष चारको सम्भावना कायम राख्न जित्नपर्ने दबाबमा रहेको लिभरपुलले जित हासिल गरेको हो।

यससँगै लिभरपुलको च्याम्पियन्स लिग सपना जीवितै रहेको छ। प्रिमियर लिगमा शीर्ष ४ टोलीले मात्र च्याम्पियन्स लिग खेल्न पाउँछन्।

एक खेल बाँकीरहँदा लिभरपुल लेस्टर सिटीलाई पछिपार्दै चौथो स्थानमा उक्लिएको हो।

समान ३७ खेलबाट समान ६६ अंक जोडेपनि गोल अन्तरमा लिभरपुल अघि बढेको हो। पराजित बर्नली भने ३९ अंक जोडेर १७औं स्थानमा रहेको छ।

लिभरपुलको जितमा रोबर्टो फर्मिनो, नाथानिल फिलिप्स र एलेक्स अक्सलेड चेम्वरलेनले गोल गरेका थिए।

लिगको अन्तिम खेलमा जित निकाले लिभरपुल शीर्ष चारमा रहेर आगामी सिजनको च्याम्पियन्स लिगका लागि छनोट हुनेछ। लिभरपुलले लिगको अन्तिम खेलमा क्रिस्टल प्यालेससँग घरेलु मैदानमा खेल्दैछ।

गएराति नै भएका अन्य खेलमा टोटनह्याम एस्टोन भिल्लासँग २–१ ले स्तब्ध भएको छ। आर्सनलले क्रिस्टल प्यालेसलाई तथा वेष्ट ह्यामले वेष्ट व्रुमलाई समान ३–१ ले हराए भने एभर्टजले वुल्भरह्याम्पटन तथा न्यु क्यासलले सेफ युनाइटेडलाई १–० ले पाखा लगायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad