मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले आइतबार राजीनामा दिएपछि ललितपुर फुटबल एफसीले सहायक प्रशिक्षक राजु तामाङलाई क्लबको अन्तरिम प्रशिक्षक बनाएको छ।
क्लबले फेसबुक पेजबाट यसबारे जानकारी दिएको हो।
क्लबले भनेको छ, ‘क्लबको कमजोर नतिजाका कारण प्रदीप हुमागाईंले औपचारिक रुपमा प्रशिक्षकबाट राजीनामा दिनुभएको छ। उहाँको स्थान सहायक प्रशिक्षक राजु तामाङले अन्तरिम प्रशिक्षकका रुपमा सम्हाल्नेछन्।’
सुपर लिगमा बाँकी खेल तामाङकै अन्तरिम प्रशिक्षकत्वमा सञ्चालन हुने क्लबले जनाएको छ।
क्लबका व्यवस्थापक आलोक जंग जोशीले हुमागाईंलाई अहिलेसम्मको प्रयासका लागि धन्यवाद दिएको क्लबले जनाएको छ।

साथै तामाङप्रति उत्कृष्ट खेलाडी समावेश क्लबले राम्रो प्रदर्शन गर्नेमा विश्वस्त रहेको पनि उल्लेख गरिएको छ।
‘हामीसँग अझै दुईवटा खेल बाँकी नै छ्रन्’, क्लबले भनेको छ, ‘अब हाम्रो सबै शक्ति त्यसमै खर्चेर खेलमा केन्द्रित हुनुपर्छ।’
राजीनामा दिएका पूर्वप्रशिक्षक हुमागाईंको सफल भविष्यको पनि क्लबले कामना गरेको छ।
Posted by Lalitpur City Football Club on Sunday, May 2, 2021Lalitpur City FC and Pradeep Humagain have parted ways by mutual consent. Mr. Pradeep Humagain handed in a formal...
याे पनि -
टोलीले जित निकाल्न नसकेपछि ललितपुरका प्रशिक्षक हुमागाईंले दिए राजीनामा

प्रतिक्रिया