कोरोना भाइरसको महामारीको कारण पाँचौँ पोखरा स्पोर्ट्स अवार्ड दोस्रो पटक पनि स्थगित भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बिहीबार एक विज्ञप्ति जारी गर्दै आगामी वैशाख २० गते गर्ने भनेको पाँचौ पोखरा स्र्पोटस् अवार्ड २०७६–७७ स्थगित भएको जानकारी दिएको हो।
मञ्चको आज बसेको २४औं बैठकले उपयुक्त समय मिलाएर पछि वितरण गर्ने गरी सो अवार्ड स्थगित गर्ने निर्णय गरेको हो।
मञ्चले लाईफटाइम एचिभमेन्ट अवार्ड, वर्ष खेलाडी महिला– पुरुष, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र पत्रकारलाई सम्मान गर्ने कार्यक्रम थियो।
मञ्चले अवार्डको तयारी स्वरुप वर्ष उत्कृष्ट खेलाडी महिला, वर्ष उत्कृष्ट खेलाडी पुरुष, उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक गरिसकेको थियो।
मञ्चले गतवर्ष आयोजना गर्ने भनेको स्र्पोट्स अवार्ड कोरोना महामारी कै कारण स्थगित भएको थियो।

प्रतिक्रिया