खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा आज बुधबार दुई खेल हुँदै छ। पहिलो खेलमा आज एफसी चितवन र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदै छ।
खेल दशरथ रंगशालामा दिउँसो साढे २ बजे सुरु हुनेछ। बुटवल लिगमा जितको शृंखलालाई कायम राख्न चाहन्छ। बुटवलले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० को गोल अन्तरले हराएको थियो।
पहिलो खेलमा बराबरी गर्दै अंक बाँडेको चितवन स्पष्ट ३ अंकका लागि मैदान उत्रिनेछ। चितवनले पहिलो खेलमा ललितपुर सिटी एफसीसँग एक÷एक गोलको बराबरी गर्दै अंक बाँडेको थियो।
बुटवल ३ अंकमा तालिकाको दोस्रो स्थानमा छ भने चितवन १ अंकमा पाँचौँ स्थानमा छ।
आजै हुने दोस्रो खेलमा विराटनगर सिटी एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ। खेल दशरथ रगंशालामै साँझ साढे ५ बजे हुनेछ।
पहिलो चरणको खेलमा बलियो देखिएको विराटनगर सोही लयलाई निरन्तरता दिन चाहन्छ।
विराटनगरले पहिलो खेलमा एफसी धनगढीलाई ३–० गोल अन्तरले पराजित गरेको थियो।
विराटनगर ३ अंकमा अंकतालिकाको शीर्ष स्थानमा छ। पहिलो खेलमा बुटवल लुम्बिीनी एफसीसँग पराजित भएको पोखरा भने पहिलो जितको खोजीमा हुनेछ।
अंकविहीन पोखरा तालिकाको पुछारमा छ।

प्रतिक्रिया