बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत ७० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।
अस्पतालमा कार्यरत ७ चिकित्सकसहित ७० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालमो ओटी, इमर्जेन्सी, पारामेडिक र आईसीयूमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित भएका हुन्।
संक्रमितमध्ये ७ जना इमर्जेन्सीमा कार्यरत चिकित्सक रहेका डा.राजन पाण्डेले जानकारी दिए। ठूलो संख्यामा स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालले प्रदान गर्दै आएको उपचार सेवासमेत प्रभावित हुने अवस्था सिर्जना भएको छ।
अस्पतालमा हाल करिब ४ सय स्वास्थ्यकर्मी कार्यरत छन्। भेरीमा भर्ना भएका कोभिडका बिरामीमध्ये ६० जना आईसीयूमा छन् भने १० जनालाई भेन्टिलेटरमा राखिएको छ।
3
Shares

प्रतिक्रिया