खेल


सुपर लिग : धनगढीसँग काठमाडौं रेजर्स ३–० ले पराजित

सुपर लिग : धनगढीसँग काठमाडौं रेजर्स ३–० ले पराजित

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार १४:१६,

फरवार्ड ओलावाले ओलाडिफो आफिज एक्लैले दुई गोल गरेपछि धनगढी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित हासिल गरेको छ।

काठमाडौको दशरथ रगंशालामा भएको खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३–० ले पराजित गरेको हो।

धनगढी पहिलो खेलमा विरानगर सिटी एफसीसँग ३–० ले पराजित भएको थियोे।

खेलको १९औं मिनेटमा टंक बस्नेतले गोल गरेपछि धनगढीले खेलमा अग्रता बनाएको थियो।

टंक बस्नेतले क्रस गरेको बल दोस्रो बारको पोलमा लागेर फर्कदा विकेशलाई लाग्दै गोलमा परिणत भएको थियो।

खेलको २३औं मिनेटमा आफिज ओलावालेले काउन्टर अट्याकमा मैदानको मध्यभागबाट बल अघि बढाउँदै फ्लोरेन्ट कोर्वालाई बिट गरेको प्रहार गोलमा परिणत हुदा धनगढीले अग्रता दोब्बर बनायो।

३४औं मिनेटमा गोलरक्षक विकेश कुथुले ओलावालेको वान भर्सेस वानको अवस्थाको प्रहारलाई ब्लक गर्दै बचाए। पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा अशोक खवासको पासमा दर्शन गुरुङले मिलाइदिएको पासमा ओलावाले आफिजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै धनगढीलाई ३–० अग्रता दिलाए।

५४औं मिनेटमा सन्जोक राईको पेनाल्टी बक्स बाहिरको प्रहार धनगढीको आइकोनिक खेलाडी कप्तान तथा गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाउँदा काठमाडौं गोल अन्तर कम गर्नबाट चुक्यो।

धनगढी १० खेलाडीमा समेटियो। ६८औं मिनेटमा रुमेश बर्तौलालाई लडाएपछि रेफ्री कविन व्यन्जकारले रमेश दंगाललाई दोहोरो पहेँलो कार्ड देखाउँदै मैदान बाहिर पठाए।

जितसँगै धनगढीको दुई खेलबाट ३ अंक जोडेको छ। पराजित काठमाडौंको दुई खेलबाट ३ अंक छ। लिगमा पहिलो हार बेहोरेपछि काठमाडौंले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ। काठमाडौंले पहिलो खेलमा ललितपुर सिटी एफसीलाई १–० ले पराजित गरेको थियो।

एनएसएलमा बुधबार दुई खेल हुनेछ। दिउँसो २ः३० बजे हुने खेलमा एफसी चितवन र बुटवल लुम्विनी एफसीबीच तथा दोस्रो खेलमा साँझ ५ः३० बजे विराटनगर सिटी एफसी र पोखराबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad