ad ad

खेल


पहिलोपटक सञ्चालन हुन लागेको नेपाल सुपर लिगको सुरुवात आज

पहिलोपटक सञ्चालन हुन लागेको नेपाल सुपर लिगको सुरुवात आज

नेपालखबर
बैशाख ११, २०७८ शनिबार ४:७,

नेपालमा पहिलोपटक सञ्चालन हुन लागेको फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) आज शनिबार सुरु हुँदैछ।

लिगको उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितिपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेपछि सुरु हुनेछ।

nepal super lalitpurललितपुर टिम

कोरोना महामारीका कारण लिग बन्द रगंशालामा हुनेछ।

काठमाडौं टाेलीमा मुख्य प्रशिक्षक बाल गोपाल महर्जन र कप्तान विकेश कुथु छन्। उता ललितपुरको कप्तानी अञ्जन विष्टले गर्नेछन् भने मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईं छन्।

राउन्ड रोबिनका आधारमा हुने लिग जेठ १  सम्म चल्नेछ। एनएसएलमा ७ सहरका फ्रन्चाइज टोली काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, पोखरा थन्डर्स, विराटनगर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी र बुटवल लुम्बिनी एफसीले स्पर्धा गर्नेछन्।

नेपाल स्पोर्टस म्यानेजमेन्टकाे आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेकाे एनएसएलको विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही १ लाख तथा उदियमान खेलाडीले पनि १ लाख रुपैयाँ पाउनेछन्।

उदीयमान खेलाडी भने ए क्याटगोरी र विदेशी खेलाडी बाहेकका खेलाडीलाई प्रदान गरिनेछ।

हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउने छन्। हरेक खेलको उदीयमान खेलाडीले १० हजार रुपैयाँ दिने एनएसएलले जनाएको छ। उदियमान खेलाडी ए क्याटगोरी र विदेशी बाहेकका खेलाडीलाई प्रदान गरिनेछ।

यो पनि : सुपर लिग फुटबलको विजेताले ३५ लाख पाउने, के भन्छन् ७ टोलीका प्रशिक्षक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .