ad ad

समाज


कोरोना : बाँके, दाङ र रुपन्देहीमा नौ संक्रमितको मृत्यु

कोरोना : बाँके, दाङ र रुपन्देहीमा नौ संक्रमितको मृत्यु

नेपालखबर
बैशाख ११, २०७८ शनिबार ३:४७,

बाँके, दाङ र रुपन्देहीमा बितेको २४ घण्टामा नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बाँकेमा मात्रै संक्रमणको कारण गए राति सात जनाले ज्यान गुमाएका छन्। ती सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमित पुरुषको आज (शनिबार) बिहान मृत्यु भएको छ । उनी नेपालगञ्ज उपमहानगरपालिका–१० का हुन्।

कोरोना सङ्क्रमण पुष्टि भएपछि वैशाख ८ गते भेरी अस्पतालको कोभिड आइसोलेसनमा भर्ना भएका उनको आज राति १ः२१ बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

बितेको २४ घण्टामा बाँकेमा मात्रै सात जना सङ्क्रमितको मृत्यु भएको छ । जानकी गाउँपालिका–१ बाँके निवासी ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ बाँके निवासी २८ वर्षीय पुरुष, वनगाड कुपिण्डे नगरपालिका–३ सल्यान निवासी ५६ वर्षीय पुरुष, राजापुर नगरपालिका–९ बर्दिया निवासी ४२ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–२ निवासी ६५ वर्षीय पुरुषले यसबीचमा ज्यान गुमाएका छन्।

यसैगरी भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–८ त्रिभुवनचोक निवासी ३५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिए। योसँगै कोरोना सङ्क्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ७६ पुगेको छ।

भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा आज थप २५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २६९ जनाको नमूना स्वाब परीक्षण गर्दा २५० जनामा भाइरस पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

त्यसैगरी दाङमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल घोराहीमा उपचाररत घोराही उपमहानगरपालिका–१५ निवासी ६२ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो। शुक्रबार राति ११ बजेतिर उनको मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए।

उनलाई वैशाख १ गतेदेखि आइसियु कक्षमा राखेर उपचार गरिएको थियो । बिरामीमा कडा खालको निमोनियको समस्या रहेको चिकित्सकले बताएका छन्। योसँगै कोरोना अस्पताल बेल्झुण्डीमा संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ।

त्यसैगरी रुपन्देहीको बुटवलमा पनि कोरोना संक्रमणको कारण गएराति एक पुरुषको मृत्यु भएको छ। बुटबल उपमहानगरपालिका–११ का ३६ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए।

योसँगै रुपन्देहीमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ। राससको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .