नेपाल क्रिकेट संघ (क्यान) र चौधरी ग्रुपबीच १९ वर्षमुनिको क्रिकेट टोलीको सम्पूर्ण क्रिकेट गतिविधिका लागि ५ वर्षे सम्झौता भएको छ।
क्यानले आयोजना गर्ने यु १९ टोलीको सम्पूर्ण प्रतियोगितामा चौधरीको ग्रुपको उत्पादन वाइवाइले मुख्य प्रायोजन गर्नेछ। चौधरी ग्रुप ४ वर्षपछि क्रिकेटमा फर्किएको छ।
सोमबार एक कार्यक्रमकाबीच चौधरी ग्रपका प्रबन्धनिर्देशक निर्वाण चौधरी र क्यान अध्यक्ष चतुरबहादुर चन्दले सम्झौता पत्रमा हस्ताक्षर गरे।
सम्झौताअनुसार चौधरी ग्रुपले वार्षिक ७० लाख रुपैयाँ प्रदान गर्नेछ। हरेक २ वर्षमा १० प्रतिशत रकम वृद्धि हुनेछ।
चौधरी ग्रुपले १६ वर्षदेखिको सहकार्यलाई पुनः निरन्तरता दिएको हो।

प्रतिक्रिया