खेल


डेम्वेलेको एकै गोलले भल्लाडोलिड पराजित, बार्सिलोना उक्लियो दोस्रो स्थानमा

डेम्वेलेको एकै गोलले भल्लाडोलिड पराजित, बार्सिलोना उक्लियो दोस्रो स्थानमा

नेपालखबर
चैत २४, २०७७ मंगलबार २:५२,

औसमाने डेम्वेलेको निर्णायक गोलमा रियल भल्लाडोलिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ।

१० खेलाडीमा समेटिएको रियल भालाडोलिडलाई बार्सिलोनाले १–० गोल अन्तरले पाखा लगाएको हो।

सोमबार राति भएको खेलमा फरवार्ड औसमाने डेम्वेलेले ९०औं मिनेटमा गरेको गोल नै बार्सिलोनाका लागि निर्णायक बन्यो। डेम्बेलेले रोनाल्ड एराउजोको पासमा गोल गरेका थिए।

खेलको ७९औं मिनेटमा रियलका ओस्कार प्लानो रातो कार्ड खाँदै मैदान छाडेका थिए।

जितसँगै बार्सिलोनाले २९ खेलबाट ६५ अंक जोडेको छ। शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ६६ अंक छ। तेस्रो स्थानमा झरेको रियल म्याड्रिडको ६३ अंक छ। भालाडोलिड २७ अंक जोडेर १६औं स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad