अखिल नेपाल फुटबल संघ(एन्फा)ले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा कुवेती अब्दुल्लाह अलमुताइरीलाई नियुक्त गरेको छ।
एन्फाले आइतबार उनलाई एक कार्यक्रमकाबीच सार्वजनिक गर्दैछ। यसअघि स्वीडेनका योहान कालिन राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक थिए।
कोरोनाअघि स्वदेश फर्किएका उनले नेपाल नफर्कने भनि उतैबाट राजीनामा दिएका थिए।
त्यसपछि बालगोपाल महर्जनले कार्यवहाक प्रशिक्षकका रुपमा नेपाली टोली सम्हाले। महर्जनकै प्रशिक्षकत्वमा नेपालले अघिल्लो हप्ता सम्पन्न थ्री नेसन्स कपको उपाधि जितेको थियो।
अब्दुल्लाहलाई एन्फाले एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गर्न लागेको हो।
जुन महिनामा हुने विश्वकप छनोटका ३ खेल र सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपमा उनले नेपाली टोली सम्हाल्नेछन्।
अब्दुल्लाहले यसअघि कतार,किर्गिस्तान,साउदी अरेबिया र कुवेतका विभिन्न टिम हेरेका थिए ।

प्रतिक्रिया