खेल


वुमन्स च्याम्पियनसिपमा एपीएफको लगातार दोस्रो जित

वुमन्स च्याम्पियनसिपमा एपीएफको लगातार दोस्रो जित

नेपालखबर
चैत २२, २०७७ आइतबार ७:४९,

काठमाडौँमा जारी ललितपुर मेयर महिला च्याम्पियनसिप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लवले लगातार दोस्रो जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आइतबारको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३७ रनले पराजित गरेको हो।

एपीएफले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १९ ओभरमा ९० रन जोड्दै अलआउट भयो।

सुनिता लुहारले जोडेको २३ रन नै सुदूरपश्चिमका लागि सर्वाधिक रह्यो। डोली भट्टले १६, रेवती धामीले १२ रन थपे। अन्य ८ ब्याट्सवुमनले दोहोरो अंकको स्कोर छुन सकेनन्।

एपीएफकी बिनु बुढाले ३ तथा सिता रानामगर र सुमन विष्टले समान २ विकेट लिए। रेखा रावल र सुष्मा श्रेष्ठको नाममा एक÷एक विकेट रह्यो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय २७ रनको योगफल तयार पारेको थियो।

एपीएफकी विकेट किपर ब्याट्सवुमन ज्योती पाण्डेले ५९ रनको महत्वपूर्ण योगदान दिइन्। ५० बलको सामना गरेकी ज्योतीले ७ चौका हानिन्। सरिता मगर ३५ र इन्दु वर्मा ४ रनमा नटआउट रहे। कप्तान सिता रानामगरले १६ रन थपिन्।

सुदूरपश्चिमकी सुनिता लुहार र कविता जोशीले एक/एक विकेट लिए।

एपीएफले अर्को खेलमा मगंलबार ललितपुर मेयर्स ११ सँग खेल्नेछ। सुदूरपश्चिमले भने बुधबार प्रदेश १ सँग प्रतिस्पर्धा गर्नेछ।

आजै हुने अर्को खेलमा ललितपुर मेयर्स ११ ले लुम्बिनी प्रदेशसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad