खेल


तेस्रो आईएमई टेनिस प्रतियोगिता सुरू

तेस्रो आईएमई टेनिस प्रतियोगिता सुरू

नेपालखबर
चैत १८, २०७७ बुधबार ५:४५,

आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता– २०२१ मंगलबारदेखि काठमाडौं स्थित मण्डीखाटार टेनिस क्लबमा सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन टेनिस खेलप्रेमी खेलाडी एवम् कार्डियोथोरासिक सर्जन डा. भगवान कोइरालाले गरेका थिए।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै डा. कोइरालाले टेनिस सवैको साझा खेल भएको बताउँदै यस्तो खेलको प्रवर्द्धन गर्न आइएमई ग्रुपलाई थप सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे।

कार्यक्रममा आईएमई ग्रुपका प्रबन्धनिर्देशक एवम् आइएमई फाउन्डेसनका अध्यक्ष हेमराज ढकाल र पूर्व एआइजी राजेन्द्र सिंह भण्डारी लगायत टेनिस खेलप्रेमी खेलाडीहरूको उपस्थिति थियो।

यही चैत १७ गतेदेखि २२ गतेसम्म (इस्वी संवत् २०२१ मार्च ३० देखि–अप्रिल ४ सम्म) आयोजना हुने उक्त प्रतियोगितामा यू ८–यू १६ उमेर समूहका १ सय ५ जना खेलाडीहरूले भाग लिनेछन्।

टेनिस खेलको विकास र विस्तारमा सहयोग पुगोस् र बालबालिकाहरूमा खेलप्रति रूचि पनि जागोस् भन्ने मुख्य उद्देश्यले आइएमई फाउन्डेसनले यो प्रतियोगिता विगत चार वर्षदेखि गर्दै आइरहेको छ।

गत वर्ष कोभिड– १९, का कारण स्थगित तेस्रो संस्करण यसपटक आयोजना गर्न लागिएको हो। आइएमई पे प्रतियोगिताको भुक्तानी पार्टनर हुनेछ भने प्रतियोगिता अवधिभर स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण परिपालना गरिनेछ।

आइएमई फाउन्डेसन आईएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो। फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad