अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा काठमाडौंमा जारी त्रिदेशीय फुटबल प्रतियोगिताको आज हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला जाने भएका छन्।
आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल हेर्न प्रधानमन्त्री जाने एन्फा स्राेतले जनाएको छ।
नेपाल, बंगलादेश र किर्गिजस्तान सहभागी प्रतियोगितामा नेपाल र बंगलादेश उपाधिका लागि भिड्नलागेका हुन्।
लिग चरणको अन्तिम खेलमा शनिबार साँझ बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो।
नेपाल फाइनलमा पुगेसँगै बंगलादेशसँग १–० गोलले पराजय व्यहोरेको किर्गिजस्तानको यू २३ टोली भने प्रतियोगिताबाट बाहिरिएको थियो।
3
Shares

प्रतिक्रिया