कोरोनाले अमेरिका र ब्राजिलपछि विश्वमै तेस्रो प्रभावित राष्ट्र भारतमा गएको २४ घण्टामा ६८ हजार २० नयाँ कोरोना संक्रमित थपिएका छन्।
सोही अवधिमा भारतमा २९१ को मृत्यु भएको बीबीसीहिन्दीले जनाएको छ।
भारतमा लगातार तीन दिनयता ६० हजारभन्दा बढी संक्रमित थपिएका हुन्।
पछिल्लो तथ्यांकलाई हेर्दा भारतमा तीव्र गतिमा अन्य देशमाभन्दा बढी कोरोनाको संक्रमण बढिरहेको छ।
यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ करोड २० लाख ३९ हजार ६४४ पुगेको छ।
यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६१ हजार पुगेको छ।

प्रतिक्रिया