दाङको लमहीमा बलियो नेपाल कप पुरुष यू–१६ क्रिकेट प्रतियोगिता हुने भएको छ।
क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजना र बलियो नेपालको पोषण अभियानको सहयोगका लागि ‘बलियो नेपाल कप यू–१६ अन्तरजिल्ला क्रिकेट प्रतियोगिता हुने भएको हो।
आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै अप्रिल ३ देखि १० सम्म चल्ने प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाको सहभागिता रहने जानकारी दिएको छ।
नेपालमा बलियो नेपाल अभियानको शुरूवात तथा यसको विकास एवं विस्तार गर्नका लागि संयुक्त राज्य अमेरिकास्थित विल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले चौधरी फाउन्डेसनलाई अनुदान सहायता प्रदान गरेको छ। सोही साहयता रकमबाट यो प्रतियोगिता आयोजना गर्न लागिएको हो।
क्रिकेट खेलका लागि सम्भावना बोकेका प्रतिभाहरूको खोजी गर्नु र तिनीहरूलाई दक्ष खेलाडी बन्न अवसर सृजना गर्नु ‘बलियो नेपाल कप’को मुख्य उद्देश्य भएको क्विन्स इभेन्ट म्यानेजमेन्टले जानएको छ।
छनौट भएका खेलाडीहरूलाई क्रिकेट संघहरूको सिफारिसमा प्रतिस्पर्धामा समावेश गरिने र प्रतियोगिताका उत्कृष्ट प्रतिभावान महिला तथा पुरुष खेलाडीहरुलाई आगामि दिनमा क्रिकेट सम्बन्धी विभिन्न कार्यक्रमहरुमा समावेश गरिने बताइएको छ।

प्रतिक्रिया